शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट भारतमा फेरि एक डाक्टरको मृत्यु

बिहीबार, २७ चैत २०७६, २३ : ३०
बिहीबार, २७ चैत २०७६

एजेन्सी । भारतमा बिहीबार कोरोना संक्रमणका कारण एक डाक्टरको मृत्यु भएको छ । भारतको मध्यप्रदेश राज्यका ६२ वर्षीय डाक्टर शत्रुधन पञ्जवानीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले डा.पञ्जवानीको मृत्युको पुष्टि गरेका छन् । स्वस्थ्यमन्त्री आश्विनी चौबे र मुख्यमन्त्री चौहानले डा.पञ्जवानीको मृत्युप्रति दुःख व्यक्त गर्दै श्रद्दाञ्जली अपर्ण गरेका छन् ।

डा.पञ्जवानीमा केही दिनअघि मात्र कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसलगत्तै उनी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ । डा.पञ्जवानीको मृत्युलगत्तै मध्यप्रदेशमा थप सतर्कता अप्नाइएको छ भने क्रियाशील डाक्टर र नर्सको सुरक्षाका लागि थप सावधानी अप्नाइएको बीबीसीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप