केन्द्रीय संस्करण

पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार नाघ्यो, ६४ जनाको मृत्यु

person explore access_timeचैत २७, २०७६ chat_bubble_outline0
file photo

एजेन्सी । कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ ।  सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ३३२ पुगेको हो ।  

सङ्क्रमितमध्ये सबैभन्दा धेरै पन्जाव प्रान्तमा रहेका छन्, त्यहाँ दुई हजार १७१ जना सङ्क्रमित भएको तथ्याङ्क राष्ट्रिय नियन्त्रण केन्द्रको रहेको छ । दोस्रो धेरै सङ्क्रमित भएको सिन्ध प्रान्तमा बिहीबारसम्ममा एक हजार १२८ जना सङ्क्रमित भएका छन् भने तेस्रो धेरै सङ्क्रमित भएको खैबर पख्तुन्ख्वामा ५६० जना रहेका छन् ।

त्यसैगरी गिल्गित बाल्टिस्तानमा २१३ जना, बालुचिस्तानमा २१२ जना, इस्लामावादमा १०२ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा २८ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि गरिएको छ । योसहित कुल मृतकको सङ्ख्या ६४ पुगेको छ । सङ्क्रमित भएकामध्ये गम्भीर अवस्थामा रहेका ३१ जनाको उच्च सतर्कताका साथ उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । 

उनीहरुका अनुसार कुल सङ्क्रमितमध्ये ४२ प्रतिशत देशभित्रै एक अर्काबाट सङ्क्रमित भएका हुन भने अरु सङ्क्रमित विदेशबाट आएकाहरूबाट भएका हुन् । पाकिस्तानमा अहिलेसम्म ४४ हजार ८९६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७३७ जनाको परीक्षण गरिएको अधिकारीले बताएका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.