बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिल क्लिन्टन प्रकरणमा जोडिएकी लिन्डा ट्रिपको निधन

बिहीबार, २७ चैत २०७६, २२ : २७
बिहीबार, २७ चैत २०७६

वासिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीबीचको संवाद गोप्य रुपमा रेकर्ड गरेर चर्चामा आएकी लिन्डा ट्रिपको ७० वर्षको उमेरमा बुधबार क्यान्सर रोगबाट निधनभएको छ । यही रेकर्ड काण्डका कारण क्लिन्टन विरुद्ध सन् १९९८ मा संसदमा महाभियोग लगाइएको थियो । लिन्डाको मृत्युका बारेमा वकिल जोसेफ मर्थाले जानकारी दिएका थिए । तर उनले मृत्युका बारेमा थप विवरण दिन अस्वीकार गरे । 

सन् १९९४ को अगस्टमा लिन्डा ट्रिप अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा सार्वजनिक मामिला विज्ञका रुपमा नियुक्त भएकी थिइन् । त्यहीबखत लेविन्स्की पनि ह्वाइट हाउसमा इन्टर्नका रुपमा कार्यरत थिइन् । त्यही सिलसिलामा दुबैबीच मित्रता कायम भएको थियो ।
 
ट्रिपले लेविन्स्कीसँगका गोप्य कुराहरु रेकर्ड गरेकी थिइन् । कुराकानीका क्रममा लेविन्स्कीले राष्ट्रपति क्लिन्टनसँग आफ्नो प्रेम सम्बन्ध रहेको बताएकी थिइन् । ट्रिपले लेविन्स्कीसँग गरेको २० घण्टाभन्दा बढी समयको टेप राष्ट्रपतिको मामिलाको अनुसन्धान गरिरहेका वकील केनेथ स्टारलाई दिएकी थिइन् । यही अनुसन्धानका आधारमा क्लिन्टनमाथि महाभियोग लागेको थियो । –एपी/Photo:AFP
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप