भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद
बिहीबार, २७ चैत २०७६, २१ : ५९
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज साँझ भिडियो कन्फरेन्समार्फत विभिन्न विश्वविद्यालयका उपकुलपतिसँग हालको कोरोना भाइरस रोकथाम र नियन्त्रणको स्थितिमा कसरी अनलाइन प्रणालीमा शिक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल गरेका छन्।
मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, र खुल्ला विश्वविद्यालयका उपकुलपतिसँग सो संवाद गरेका हन् ।
मन्त्री पोखरेलले विषम स्थितिमा हाल विश्वविद्यालयले गरिरहेको काम र भावी दिनको तयारीबारे जानकारी लिइ सूचना प्रविधिका माध्यमबाट भर्चुअल कक्षा सञ्चालनका लागि पनि तयार रहन निर्देशन दिनुभएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित