काठमाडौं उपत्यकाबाट बाहिर पठाउने सम्बन्धमा कुनै निर्णय भएको छैन: गृह मन्त्रालय
बिहीबार, २७ चैत २०७६, २० : १८
काठमाडौं । गृह मन्त्रालयले भोली शुक्रबार र पर्सि शनिबार काठमाडौं उपत्यकाबाट बाहिर पठाउने सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिएको छ । आज एक विज्ञप्ति जारी गरी मन्त्रालयले सो जानकारी दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीको नाममा जारी विज्ञप्तिमा उपत्यकामा अलपत्र परेकारहरुका लागि दुई दिन खुल्ला गर्ने भन्ने विषयमा केही सञ्चारमाध्याममा आएको समाचारप्रति ध्यानाकर्षण समेत भएको जनाइएको छ ।