अर्थतन्त्रमा कोरोना प्रभावबारे काँग्रेस नेता पौडेलद्वारा अर्थ र कृषि विज्ञहरुसँग छलफल
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्रमा सुधारका लागि विज्ञहरुसंग छलफल गरेका छन् । नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत विहिवार विज्ञहरुसँग छलफल गरेका हुन् ।
छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. गोविन्द पोखरेल, डा. स्वर्णिम वाग्ले, प्रो. डा. इन्जिनियर कमल रिजाल, डा. सुरज पोखरेल, डा. सिद्धिगणेश श्रेष्ठ, डा. माधवप्रसाद पौडेल, डा. प्रधुम्नराज पाण्डे र सहदेवप्रसाद हुमागाँई सहभागि थिए ।
उनीहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताएका थिए । छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको थियो ।
विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने बताएका थिए ।
छलफलमा सहभागि डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई राहत दिनुपर्ने कृषि क्षेत्रले दिनसक्ने आउटपुटका आधारमा विषेश प्याकेजको घोषणा गर्नुपर्ने बताएका थिए ।
छलफलमा वरिष्ठ नेता पौडेलले आजको युग अनुसारको प्रविधीको प्रयोग कृषिमा कसरी गर्न सकिन्छ भन्ने सुझाव विज्ञहरु मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस