शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयमार्फत पीपीई हस्तान्तरण

बिहीबार, २७ चैत २०७६, १९ : २०
बिहीबार, २७ चैत २०७६

धनगढी– सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्र्तगत २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सेती प्रादेशिक हस्पिटलका सुपरीटेण्डेट डा. हेमराज पाण्डेलाई बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले हस्तान्तरण गरेका छन् ।

अस्पतालको मेसु पाण्डेले सन्राइज बैंकले स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेकोमा धन्यवाद दिए ।

बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेको बताए । 

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ  र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप