शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेशको पाँच अस्पताललाई स्तरोन्नति गर्ने सरकारको निर्णय

बिहीबार, २७ चैत २०७६, १८ : २७
बिहीबार, २७ चैत २०७६

जनकपुर । कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विभिन्न पाँचवटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज सम्पन्न बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा ५०–५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो ।

पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदह स्थित अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । त्यसै गरि बाराको कलैया स्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वर स्थित अस्पतालाई विशेष अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

जलेश्वर अस्पतालले हिजैबाट स्तरोन्नतिको काम शुरु समेत गरि सकेको छ भने बाराले समेत आजै बाट स्तरोन्नतिको काम शुरु गरिने जनाएको छ।

त्यसै गरि मन्त्री परिषदले कोरोनाको त्रासका बिच अहोरात्र खटि रहेका नेपाल प्रहरीको मनोबल उच्च गर्नुका साथै न्युन्तम आवश्यकता पूर्ति गर्ने उद्देश्यले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई ५÷५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

यता प्रदेशमा रहेको पाँच वटा जेलहरुमा क्षमता भन्दा बढी कैदी रहेको हुँदा त्याँहा कोरोनाबाट जोगिने उपायहरु अबलम्बन गर्नका लागि प्रत्येक जेललाई २०÷२०लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप