शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोठा भाडा लिएर बसेका विद्यार्थीको अभिभावकत्व ग्रहण गर्न तयार छौं : मेयर प्रसाईं

बिहीबार, २७ चैत २०७६, १७ : ५९
बिहीबार, २७ चैत २०७६

सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले आफ्नो नग भित्रका सामुदायिक क्याम्पस र उच्च माबिमा अध्ययन गर्न नगर बाहिर बाट आएर डेरा गरेर बस्ने बिध्यार्थीहरुलाई खाद्यान्नको कमी हुन नदिने घोषणा गरेका छन् ।

विहीबार सामाजिक संञ्जाल फेसबुकमार्फत  कोभिड १९ का कारण देशमा भईरहको लकडाउनका कारणले घर परिवार बाट टाढा रहेर हरिवनमा अध्ययरत बिद्यार्थीहरुलाई आफूले अभिभावकत्व प्रदान गर्ने भन्दै मेयर प्रसाईले सो कुराको आह्वान गरेका हुन् । 

उनले भने, 'घर र परिवार छोडेर अध्ययन गर्न यहाँ बस्नुहुने सबैको अभिभावकत्व ग्रहण गर्न हामी तयार छौं । यसका लागि सल्लाह सुझाब दिनुहुने सबैलाई धन्यवाद ।'

सो काममा सहयोग गर्न कृयाशिल सबै बिद्यार्थी संघ संगठनसँग अनुरोध समेत गरे ।

 उनले लेखेका छन्, 'सो काममा सहयोग गरिदिनु हुन कृयाशिल सम्पूर्ण बिध्यार्थी संघ संगठनहरु र यहाँको स्वतन्त्र बिध्यार्थी युनियनलाई समेत आह्वान गर्दछु ।'

हरिवन नगरपालिका भित्रका सामुदायिक क्याम्पस र उच्च माबिभित्र अध्ययन गर्ने बिद्यार्थीहरुलाई खाद्यान्न अभाव भए सम्पर्कमा आउन पनि आग्रह गरे ।

मेयर प्रसाईले लेखेका छन्, 'उच्च शिक्षा हासिल गर्ने अभिलाषा बोकेर हाम्रो हरिवन नगरपालिका भित्रका सामुदायिक क्याम्पस र उच्च माबिभित्र अध्ययन गर्ने बिद्यार्थीहरु जो आफ्ना अभिभावकहरुबाट टाढा रहनु भएको छ । जो कोठा भाडा लिएर यस नगरभित्र हुनुहुन्छ, तपाईहरु खाद्यान्न अभावमा बस्नु पर्दैन । सम्पूर्ण बिध्यार्थी भाइ बहिनिलाई हाम्रो सम्पर्कमा आइदिन हुन आह्वान गर्दछु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप