शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

बिहीबार, २७ चैत २०७६, १६ : ४३
बिहीबार, २७ चैत २०७६

घोराही । दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर १८ विजौरीका ३७ वर्षीय बलबहादुर थापा रहेका प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार थापा विहीबार मानपुरे कुलामा विद्युत प्रयोग गरेर माछा मार्ने क्रममा विद्युत सट भएर गम्भीर घाईते भएका थिए ।

गम्भीर घाईते थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा दिउँसो सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप