शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा मृतावस्थामा युवक फेला

बिहीबार, २७ चैत २०७६, १६ : ३५
बिहीबार, २७ चैत २०७६

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका—७ भिग्रीका करिब ३५ वर्षीय थमुराम कालाथोकी आज मृतावस्थामा फेला परेका छन् ।  स्वर्गद्वारीको जङ्गलमा वेबारिसे अवस्थामा कालाथोकीको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।  

झन्डै डेढ महिनाअघिदेखि हराइरहेका उनी आज मृतावस्थामा फेला परेको उनको भनाइ छ । कालाथोकीको शव परीक्षणपछि  परिवारको जिम्मा लगाइने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप