शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा कार्यरत सुरक्षाकर्मीहरुको र्‍यापिड टेस्ट

बिहीबार, २७ चैत २०७६, १६ : १९
बिहीबार, २७ चैत २०७६

कैलाली । कैलालीमा कार्यरत सुरक्षाकर्मीहरुको र्यापिड टेस्ट गरिएको छ । आज तालिमप्राप्त स्वास्थ्यकर्मीको टोलीले १७३ जनाको र्यापिड टेस्ट गरेको हो ।

 जिल्ला प्रहरी कार्यालयमा कार्यरत १०० जना सुरक्षाकर्मीको र्यापिड टेस्ट गर्दा सवेको नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएस्पी दक्षकुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए । सशस्त्र प्रहरी बलका ७३ जनाको पनि परीक्षण गरिएको थियो ।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयका पा“च जना कर्मचारीको पनि परीक्षणपछि नेगेटिभ आएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप