मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन महिनापछि तातोपानी नाका सञ्चालनमा, भित्रिन थाले स्वास्थ्य सामाग्री

बिहीबार, २७ चैत २०७६, १४ : ०३
बिहीबार, २७ चैत २०७६

सिन्धुपाल्चोक । नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो ।

कोभिड- १९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ ।  अत्यावश्यक सामग्री आयात गर्न  नाका खोलिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप