बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदुरपश्चिम प्रदेश सरकारको जोखिम व्यवस्थापन कोषमा ४० करोड ६३ लाख

बिहीबार, २७ चैत २०७६, १३ : ३२
बिहीबार, २७ चैत २०७६

–टंक कुंवर
कैलाली । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटवहादुर बोहराले कोरोना भाईरस व्यवस्थापन जोखीम नियन्त्रण तथा व्यवस्थापन कोषमा ४० करोड ६३ लाख जम्मा भएको वताएका छन् ।उनले ४० करोड प्रदेश सरकारको र ६३ लाख  अन्य क्षेत्रबाट जम्मा भएको बताए ।

उक्त कोषमा व्यापारी उद्योगीहरुले एक लाखदेखि माथि र सर्वसाधारणले ५ हजारसम्म पनि जम्मा गरिरहेको उनले बताए । उनले अहिलेसम्म सबैभन्दा वढी बैंक तथा वित्तिय संस्थाहरुले सहयोग गरेको बताए । उक्त रकमबाट प्रदेशमा आवश्यक पर्ने सवस्थ्य सामग्री खरिद गर्ने तथा लकडाउनले समस्यामा परेका वर्गलाई सहयोग गरिने मन्त्री वोहराले  रातोपाटीलाई जानकरी दिए । सहयोग आउने क्रम जारी रहेको समेत उनले वताए ।

संकटको बेला देशलाई हरेक नागरिकको सहयोगको खाँचो रहेको बताउँदै उनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमण फैलिन नदिन प्रयासरत रहेको बताए । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप