शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केजरीवालले नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

बिहीबार, २७ चैत २०७६, १३ : ०४
बिहीबार, २७ चैत २०७६

एजेन्सी । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लागेका छन् ।  उनले बिहीबार अपरान्ह भारतमा र विशेषगरी नयाँ दिल्लीमा बढ्दै गएको कोरोनाको सङ्क्रमणका विषयमा अधिकारीहरुसँग परामर्श गरी रोकथामका थप कार्यक्रमहरु तय गर्न लाग्नुभएको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

नयाँ दिल्लीमा पनि भारतका महाराष्ट्र र तामिलनाडूपछि धेरै कोरोना सङ्क्रमितहरु भेटिएका छन् । बिहीबार बिहान प्राप्त भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याँकअनुसार भारतीय राज्य नयाँ दिल्लीमा ६६९ जना सङ्क्रमित भेटिएका छन् । 

उक्त समाचारमा यहाँ उपचारपछि २१ जना संक्रमित निको भएर घर फर्किइका छन् भने ९ जनाको मृत्यु भएको छ ।  मुख्यमन्त्री केजरीवालले उक्त राज्यमा कोरोना भाइरसको उपचार तथा यसका कारण गरिएको लकडाउनका लागि आवश्यक बाहेकका अरु सबै खर्च कटौतीको निर्देशन दिइसकेका छन् । 

उनले उक्त राज्यका वित्त विभागलाई कर्मचारीको नियमित तलब र कोरोना भाइरसको नियन्त्रण एवं रोकथामबाहेकका अरु सबै खर्च कटौतीका लागि अघिल्लो हप्ता नै आदेश दिएका थिए । आजको बैठकमा पनि यसैसँग सम्बन्धित कार्यक्रमहरुका साथै दिल्लीमा बढ्दो रुपमा देखिएको कोभिड–१९ को रोकथामका नयाँ कार्यक्रमहरुका बारेमा छलफल हुने अधिकारीहरुले जनाएका छन् । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप