बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

बिहीबार, २७ चैत २०७६, १२ : ५८
बिहीबार, २७ चैत २०७६

कास्की । कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो । 

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले कास्कीका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकाहरुमा १४ दिनसम्म कोरोनाको कुनै सङ्क्रमण नदेखिएपछि घर पठाइएको जानकारी दिए । क्वारेन्टाइनमा बसेकाहरु कतार, भारत, बंगलादेशलगायत देशबाट आएका थिए । तीमध्ये पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रमा १६ र रुपा गाउँपालिकाको क्वारेन्टाइनमा २० जना राखिएको थियो । 

अन्नपूर्ण गाउँपालिकामा होम क्वारेन्टाइनमा बसेकाहरुमा पनि हालसम्म कोरोना संक्रमण देखिएको छैन । चौध दिनपछि घर पठाइएकाहरुलाई पनि थप एक हप्ता होम क्वारेन्टाइनमा बस्न भनिएको डा.शर्माले बताए । अहिले कास्कीका सबै क्वारेन्टाइन रिक्त छन् । 

पछिल्लो तथ्याङ्कानुसार गण्डकी प्रदेशमा कुल २५१ नमूना सङ्कलन भएको छ जसमध्ये १३५ नमूनाको परीक्षण  नेगेटिभ आएको छ  ।  दुई पोजेटिभ आएको छ । एक सय २२  नतिजा आउन बाँकी  छ । त्यसैगरी हेल्लो डाक्टर १०९२ कार्यक्रममा ५०२ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप