शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बझाङमा व्यापारीको हत्या, एक साता बितिसक्दा समेत हत्यारा पत्ता लागेन

बिहीबार, २७ चैत २०७६, १२ : ४०
बिहीबार, २७ चैत २०७६

सम्राट सिंह

बझाङ । जिल्लाको तल्कोट गाउँपालिकामा अज्ञात समुहद्वारा व्यापारीको हत्या गरेको एक साताभन्दा बढी हुँदा समेत हत्यारा पत्ता लागेको छैन । अज्ञात समुहले पसलमा गएरै सामान किन्ने निहुँमा गत मङ्गलबार राति तल्कोट गाउँपालिका वडा नम्बर १ का ७६ वर्षीय व्यापारी डबलबहादुर कुँवरको हत्या गरेको थियो ।

पसल बन्द गरेर सुतेका कुँवरलाई ‘सामान किन्ने काम छ’ भन्दै पसल खोल्न लगाइ अज्ञात समुहले काठले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरीले बताउँदै आएको भएपनि हत्यारा भने पत्ता लगाउन सकेको छैन ।

कुँवर टाउकोमा गम्भीर चोट लागेर रगताम्य अवस्थामा पसलमा नै मृत फेला परेका थिए । हत्यापछि कुँवरको पसलबाट एक डण्डा चुरोट लगायत अन्य सामग्री पनि चोरी भएको थियो । मृतक कुँवरको शव पोष्टमार्टम पछि दाहसंस्कार गरिसकेको छ ।

जिल्लामा यसरी खुलेयाम हत्या हुँदा समेत हत्यारालाई कानुनी दायरामा ल्याउन नसके यस्ता घटना दोहोरी रहने खतरा रहेको मष्टा गाउँपालिकाका नरेन्द्र सिंहले बताए । प्रहरीले अनुसन्धान गरी तत्काल हत्यारा पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

हिजो मात्र जिल्लाको मष्टा गाउँपालिका १ जिन्नाडाका राम बहादुर ऐडी मृत अवस्थामा भेटीएका छन । मृतक ऐडीको शव बुधबार विहान जयपृथवी नगरपालिका–१ समदेउ नजिकै रोडमा फेला परेको थियो ।

प्रहरीले उनका मृत्युु के कति कारणले भएको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने बताएको छ ।  । केहि वर्ष यता जिल्लामा हत्याका घटनाहरुमा वृद्घि भइरहेका छन् ।

दुइटै घटनाको अनुसन्धान भइरहेको छ  जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्स्पेक्टर नेत्र बोहराले बताए । उनले भने हामीले विभिन्न चरणमा अनुसन्धान थालेका छौँ हत्यारालाई कानुनी दायरामा ल्याएरै छोड्नेछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप