शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा रहेका नेपालीको सहयोगमा जुट्न सुजाता कोइरालाको निर्देशन

बिहीबार, २७ चैत २०७६, १२ : १२
बिहीबार, २७ चैत २०७६

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति बुझी सहयोग गर्न अष्ट्रेलियास्थित फाउण्डेशनको शाखालाई निर्देशन दिएकी छन् कोरोना संक्रमणका कारण अष्ट्रेलिया सरकारले कडाई गरेपछि हजारौं नेपाली विद्यार्थीको बिचल्ली भइरहेको खबर आइरहेको बेला पूर्व परराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले यस्तो निर्देशन दिएकी हुन् ।

फाउण्डेशनको सचिवालयले बिहीबार प्रेस नोट जारी गरी कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष नील थपलिया र ओसियानाका अध्यक्ष रमेश छत्कुलीलाई टेलिफोन गरी कोरोनाभाइरस फैलिरहेकाले आपतविपत् परेका नेपालीहरुलाई फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्न निर्देशन दिएको जनाएको छ ।

‘कोरोना फैलिरहेको छ, त्यहाँ नेपालीहरु धेरै छन्, कोरोनाकै कारण कसैलाई समस्या प¥यो भने जिपी कोइराला फाउण्डेशनको तर्फबाट सहयोग गर्नुहोला,’ अध्यक्ष कोइरलाले फाउण्डेसनको सहयोगले नेपालीहरु कोही समस्यामा नपर्ने विश्वाससहित शाखालाई निर्देशन दिएको प्रेस नोटमा उल्लेख छ ।

फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष थपलियाले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशन ओशियानाका अध्यक्ष छत्कुलीले पनि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने पहल भइरहेको जानकारी गराएको जनाइएको छ । समस्यामा परेका नेपालीले सम्पर्क गर्नासाथ आफूहरु सहयोगका लागि तत्पर रहने जानकारी छत्कुली गराएको फाउण्डेशनले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप