शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको मौका छोपी दाङमा धमाधम रुख काट्दै तस्कर

बिहीबार, २७ चैत २०७६, ११ : २०
बिहीबार, २७ चैत २०७६

दाङ – लकडाउनको छोपी दाङको दंगीशरण गाउँपालिकाको सिमठाना सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका  ५५ वटा रुख काटिएका छन् । 

करिव एक हजार क्वी फिट अवैध सालको काटिएको काठसहित २ जना पक्राउ परेका छन् । तस्करहरुले लकडाउन मौका छोपी रुख काटेको पाएको छ ।

सहायक वन अधिकृत खिमबहादुर के.सी.को नेतत्वमा गएको डिभिजन डिभिजन वन कार्यालय दाङको नियमित गस्तीले सिमठाना सामुदायिक वन क्षेत्रमा अवैद्य रुपमा काटिएका ५५ थान रुखहरुसहित घटनामा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरेको छ ।

घटनास्थलको प्रकृति हेर्दा घटनामा जसको संलग्नता भएको भएता पनि वनको संरक्षण, सम्बद्र्धन तथा सदुपयोगको जिम्मा पाएको समूहका कार्य समितीका पदाधिकारीरुको लापरवाही देखिएको सहायक वन अधिकृत के.सी.ले बताए ।

कटान क्षेत्रमा रहेका काठ दाउरा बरामद गरिए पनि लक डाउनका कारण ढुवानी गर्न असहज भएकोले सम्बन्धित समूहका जिम्मेवार पदाधिकारीहरुको जिम्मामा बुझाईएको दंगीशरण सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दयाराम पौडेलले जानकारी दिए ।

लकडाउन अवधिभर ‘टुर गस्ती’ जारी

लकडाउनको बेला हुन सक्ने संभावित चोरी तस्करीलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय दाङले लकडाउन अवधिभर टुर गस्ती संचालन गरिरहेको छ ।

गस्ती संचालन गर्नुपर्ने जोखिमयुक्त स्थानहरुको समेत पहिचान  गरि गस्ती कार्य चलिरहेको डिभिजन वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।

लकडाउनको समयमा मानिसहरु घर भित्रै रहने भएकोले उक्त समयको फाईदा उठाई वन जंगलमा हानी नोक्सानी हुने गरि चोरी निकासी, चोरी शिकारी जस्ता अपराध बढ्न सक्ने भएकोले त्यस्तो चोरी तस्करीको नियन्त्रण गर्न मातहतका कार्यालय तथा स्रोत साधनलाई प्रयोग गरी वन जंगलको सुरक्षाका लागि गस्ती परिचालन प्रभावकारी बनाउने र उक्त कार्यलाई जिल्ला स्थित सुरक्षा निकायले पनि आवश्यक सहयोग गर्ने भनि निर्णय भई त्यसो गर्न जिल्ला प्रशासन कार्यालयले पत्राचार गरे पश्चात् गस्ती तालिकामा केही हेरफेर गरी गस्ती परिचालनलाई अझ प्रभावकारी गराइएको प्रमुख ज्ञावली बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप