शाहरुख खानले अस्वीकार गरेका ‘ब्लकबस्टर’ ५ फिल्म
एजेन्सी : बलिउडका बादशाह शाहरुख खान पछिल्लो समय फिल्म क्षेत्रबाट केही टाढा भएका छन् । सन् २०१८ को ‘जीरो’ ले राम्रो कमाई नगरेपछि केही समयदेखि मौन छन् शाहरुख खान । एक रिपोर्टका अनुसार उनले निकट भविष्यमा नै साउथका निर्देशकको फिल्म खेल्नेछन् ।
उनलाई ‘जीरो’ पछि पनि थुप्रै फिल्महरु खेल्न अफर आएका भारतीय सञ्चारमाध्यममा उल्लेख छ । तर उनले ती फिल्म खेल्न अस्वीकार गरिदिए । थुप्रै फिल्म निर्माता तथा निर्देशक उनीसँग काम गर्न उत्साहित हुन्छन् तर उनले फिल्ममा काम गर्दा निकै सोचेर मात्रै स्वीकार गर्ने गरेका छन् । यसैबीच, उनले आफ्नो करियरमा थुप्रै यस्ता फिल्म खेल्न अस्वीकार गरे जुन फिल्म ब्लकबस्टर भए ।
लगान
आशुतोष गोवारिकरको ब्लकबस्टर फिल्म ‘लगान’ सबैभन्दा पहिले आमिर खानलाई अफर गरिएको थियो । उनले अस्वीकार गरे । त्यसपछि शाहरुख खानलाई अफर गरिएको थियो तर उनले पनि अस्वीकार गरे । त्यसपछि आशुतोषले फेरि आमिरलाई फिल्म खेल्न मनाए ।
3 इडियट्स
थ्री इडियट्सलाई हिन्दुस्तानी फिल्मको इतिहासमा सबैभन्दा सफल फिल्म मानिन्छ । यो फिल्मको मुख्य भूमिका निभाउन राजकुमार हिरानीले सबैभन्दा पहिले शाहरुख खानलाई अफर गरेका थिए तर उनले इन्कार गरे । जसले इतिहास नै बनायो ।
एक था टाइगर
यो फिल्म पनि बलिउडको सफल फिल्म हो । जसले सलमान खानको करीयरमा अर्को आयाम थपेको थियो । तर कमैलाई मात्र थाहा छ निर्देशक कबीर खानले यो फिल्म खेल्नको लागि शाहरुख खानलाई अफर गरेका थिए । तर शाहरुखले व्यस्तताका कारण फिल्म इन्कार गरे ।
जोधा अकबर
यो फिल्म आशुतोष गोवारिकरले यो फिल्म खेल्नको लागि शाहरुख खानलाई अफर गरेका थिए । तर शाहरुख खानले फिल्म नखेल्ने निधो गरे । त्यसपछि फिल्ममा ऋतिक रोशनलाई लिइयो । जुन फिल्म निकै सफल भयो ।
कहो न प्यार है
ऋतिक रोशनका पिता राकेश रोशनको निर्देशन रहेको यो फिल्फ खेल्न शाहरुखलाई अफर गरिएको थियो । शाहरुखले यो फिल्म खेलेको भए ऋतिकले फिल्म खेल्न पाउँदैन थिए । तर शाहरुखले अस्वीकार गरेपछि ऋतिकलाई फिल्म दिइयो । यो फिल्मले निकै राम्रो कलेक्शन गर्न सफल भयो र थुप्रै अवार्ड पनि जितेको थियो ।
स्रोतः एबीपी न्यूज
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राखेपले बोलायो ११८ औँ बोर्ड बैठक, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे निर्णय लिन आग्रह
-
सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?
-
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई कति ?
-
सुदूरपश्चिममा व्यावसायिक माछा पालन, आयात प्रतिस्थापन गर्दै निर्यातको उद्देश्य
-
सरकार बनेको चार महिनामै बेलायतमा उठिरहेको छ चुनावको माग
-
एमाले जग्गा विवाद : सोमबार पनि तोकियो पेसी तर सुनुवाइ हुने सम्भावना न्यून