बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्ती रैछ्यौ कान्छी

बिहीबार, २७ चैत २०७६, ०९ : ५५
बिहीबार, २७ चैत २०७६

-बोधराज रेग्मी

भेट्न तिमीलाई ननिस्किँदा, नआउने रैछ्यौ कान्छी
लसपस पाउँदा समीप आउँदा, बौलाउने रैछ्यौ कान्छी ।।

सामर्थ्य अदृश्य लिएर तिमी, दुनियाँ संसार डुल्दै अनि
मायाले पागल गराउँदै घायल, रमाउने रैछ्यौ कान्छी ।।

भैगो  नआउ नलाउ माया, एकलकाँटे बन्न सिकें 
आउँदा संगम, अंगभंग गराउने रैछ्यौ कान्छी ।।

कमजोर तन आवारा मन, छिट्टै गर्छ्यौ चिनजान
पगाल्दै मन, गिथोल्दै तन सिध्याउने रैछ्यौ कान्छी ।।

एकाएक छाउने माया, लाखौंलाई लाउने माया
बसि एक्लै, तगारो हाल्दा डराउने रैछ्यौ कान्छी ।।

(रेग्मी नेपाल प्रहरीका प्रहरी निरीक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप