शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमणबाट दुई भूपू गोर्खा सैनिकको मृत्यु

बिहीबार, २७ चैत २०७६, ०७ : ५०
बिहीबार, २७ चैत २०७६

लण्डन – बेलायतमा  कोरोना संक्रमणबाट दुई भूतपूर्व गोर्खाहरुको मृत्यु भएको छ । 

लन्डनमा  बस्दै आएका  भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको  लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको आफन्तले जनाएका छन् । 

पर्वत पैंयूखोला स्थायी घर भई हाल लन्डनको वेम्ली बस्दै आएका ५९ वर्षीय गुरुङ तमुधिं लन्डन इकाइका वरिष्ठ उपाध्यक्ष थिए । तमुधिं लन्डन इकाइका पूर्व अध्यक्ष दीपक गुरुङ ‘डेभिड’ का अनुसार गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) मा सेवा गरेका उनको आर्मी नम्बर २११६३२४१ हो ।

यसैगरी,  बेलायतकै नटिङहममा बस्दै आएका अर्का एक भूतपूर्व गोर्खाको पनि मृत्यु भएको छ । 

५८ वर्षीय  शिव श्रेष्ठ विगत केहि दिनदेखि आइसोलेसनमा  बस्दै आएका थिए । 

उनको नटिङहमस्थित स्थानीय हस्पिटलमा मृत्यु भएको हो । उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए । 

उनको मृत्यु कोरोनाबाटै भएको हो वा अन्य कुनै कारणले हो  सो को पुष्टि भने भैसकेको  छैन । बिहान ३ बजेतिर स्वास्थ्यस्थिति कमजोर भएपछि आफैले एम्बुलेन्स बोलाएर अस्पताल गएका श्रेष्ठको साँझ ५ बजे मृत्यु भएको हस्पिटलले जानकारी गराएको थियो ।

अस्पतालले कोरोनाको आशंका गरेपनि मृत्युको कारणबारे आधिकारिक रिपोर्ट बिहीबार मात्रै उपलब्ध हुने बताइएको छ । 

नेपालमा सोलुखुम्बु घर भएका श्रेष्ठ श्रीमती र दुई छोरासहित लामो समयदेखि नटिङहममा बस्दै आएका थिए ।  सामाजिक क्षेत्रमा समेत रुची राख्ने स्व श्रेष्ठ नेपाली समाज नटिङहमका संस्थापक सदस्य समेत रहेका  थिए  ।

यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वेलायतमा बुधबार साँझ सम्म ४  नेपाली सहित ७ हजार भन्दा बढीको ज्यान गइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप