
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

लन्डन। बेलायतमा कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ५३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ३६ पुगेपछि यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ७ हजार १ सय ३६ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणलाईनियन्त्रण गर्न बेलायत सरकारद्वारा जारी टीन हप्ते लकडाउन अर्को हप्ता सोमबारबाट सकिँदैछ । कोरोना भाइरसको संक्रमणबाट पीडित प्रधानमन्त्री बोरिस जोन्सनलाई गत सोमबारदेखिलण्डनस्थित एक अस्पतालको ‘आइसियू’ मा राखिएको छ । पछिल्लोजानकारी अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । बेलायतमा ६० हजार भन्दा बढी कोरोनाबाट संक्रमित छनभने दैनिक रुपमा ५ हजार भन्दा बढी संक्रमित हुँदै गैरहेका बताइएको छ ।
कोरोनाकै कारण विश्वभरिमा ८५ हजार भन्द बढीको ज्यान गैसकेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ