युएईमा एकैदिन ३०० जना नयाँ कोरोना भाइरस संक्रमित भेटिए
बुधबार, २६ चैत २०७६, १९ : ३२
युएईमा आज (बुधवार) ३०० जना नयाँ कोरोना भाईरस (कोभिड-१९) संक्रमित भेटिएका छन्।यो सँगै युएईमा संक्रमितको संख्या २६५९ पुगेको छ। यसैगरी आज थप ५३ जनासँगै २३९ जनाले स्वास्थ्यलाभ गरेका छन्। यसैगरी हालसम्म युएईमा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
आज नेपालीको थप संक्रमित संख्या कति छ/छैन खुलाईएको छैन ।केही दिन अघि सम्म ११ जना नेपाली संक्रमित मध्येबाट २ जना निको भएको र अन्य ९ जना समान्य अवस्थामा उपचाररत रहेको नेपाली दूतावासले जनाएको छ।
यसैगरी कोरोनाबाट युएईमा एक जना नेपाली महिलाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीको रिपोर्टमा उल्लेख गरिएपनि नेपाली दूतावास अबुधावीले औपचारिक जानकारी नआएको बताउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह