शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशको कोरोना राहत कोषमा तीन करोड ६४ लाख सङ्कलन

बुधबार, २६ चैत २०७६, १९ : १५
बुधबार, २६ चैत २०७६

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म रु तीन करोड ६४ लाख ७१ हजार सङ्कलन भएको छ ।

लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले कोषको स्थापना गरेको हो ।

महानगरको रु दुई करोड र गण्डकी प्रदेश सरकारतर्पmबाट रु एक करोड उपलब्ध गराएसँगै महानगरले स्थापना गरेको सो कोषमा विभिन्न सङ्घ, संस्था, व्यक्तिबाट रु १६ लाख ७१ हजार ६१ सहयोग प्राप्त भएको हो । 
 
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बराललाई उक्त कोषको सहयोगार्थ पोखरा–१४ नागमणि टोल निवासी नारायणप्रसाद सापकोटाले रु २२ हजार बराबरको चेक हस्तान्तरण गरेका थिए ।

कोषमा महानगरका कर्मचारीबाट रु ४८ लाख ५० हजार जम्मा गरी स्थापना गरिएको राहत कोषबाट महानगरले छनोट गरेका लाभग्राहीलाई वडा कार्यालयमार्फत राहत वितरण कार्य शुरु गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप