बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रेस ज्याकेट हस्तान्तरण

बुधबार, २६ चैत २०७६, १८ : ०६
बुधबार, २६ चैत २०७६

ललितपुर। नेकपाका नेताले उपत्यकाभित्रका पत्रकारलाई प्रेस ज्याकेट, मास्क र स्यानेटाइजर हस्तान्तरण गरेका छन् । 

आज नेकपा प्रदेश कमिटी सदस्य शिवप्रसाद कट्टेल र नेकपा ललितपुरका कार्यालय सदस्य सरोज डंगोलले काठमाडौं, ललितपुर र भक्तपुरका प्रेस संगठन नेपाललाई तीनसय सेट हस्तान्तरण गरेका हुन् ।

देश लकडाउन भएको र पत्रकारहरु फ्रन्टलाइनमा बसेर रिपोटिङ गर्न अप्ठ्यारो भएको महसुस गरेकोले ज्याकेट लगायतका सामग्री हस्तान्तरण गरेको नेता शिव प्रसाद कट्टेलले बताए ।

पत्रकारलाई आवश्य भएको ज्याकेट लगायतका सामग्री प्रदान गरेकोले आफूलाई थप जिम्मेवारी महसुस भएको प्रेस संगठन नेपाल काठमाडौंका अध्यक्ष सागर पन्तले बताए ।

सो अवसरमा प्रेस संगठन नेपाल ललितपुर, काठमाडौं, भक्तपुरको संयोजक, सहसंयोजक, प्रदेश समिति सदस्य प्रकृति नेपालको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप