बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली अधिवक्ता क्षेत्री अमेरिकामा लगातार छैठौं वर्ष पनि सुपर लयर

बुधबार, २६ चैत २०७६, १७ : ५०
बुधबार, २६ चैत २०७६

 न्यूयोर्क ।  अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री लगातार छैटौं पटक सुपर लयरमा पर्न सफल भएका छन्। सन् १९८७ देखि अमेरिकामा बार लाईसेन्स प्राप्त गरेका अधिवक्ता क्षेत्रीलाई वकिलहरुको रेटिंग गर्ने संस्था सुपर लयरसले सन् २०१४ देखि लगातार यस वर्ष पनि सुपर लयरमा पारेको हो ।

न्यूयोर्कको म्यानहाटनमा मुख्य कार्यालय रहेको क्षेत्री एण्ड एशोसियट्सका प्रेसिडेण्ट रहेका अधिवक्ता क्षेत्रीले ईमिग्रेशन लगायतका बिषयमा कानुनी सेवा दिँदै आएका छन् । फोर्डधाम युनिभर्सीटीबाट जेडि गरेका क्षेत्रीले अमेरिकामा रहेर पनि नेपालका लागि समेत विभिन्न समयमा ठुला मुद्धाहरु जित्दै समेत आएका छन् ।

लगातार छैटौ वर्षसम्म सुपर लयरमा पर्न सफल भए पश्चात क्षेत्रीले सबै शुभचिन्तक, स्टाफहरु र सेवाग्राही सबैलाई धन्यबाद दिएका छन् ।  अमेरिकामा आएर पनि नेपालीले यो तहको उपलब्धि हासिल गर्नु एशोसिएट्सको मात्र नभई सिंगो समुदायको उपलब्धी भएको अधिवक्ता क्षेत्रीसंगै लामो समयदेखि कार्यरत प्रशासक पिताम्बर भुुसालले बताए।

एनआरएन अभियानमा नागरिकता सम्बन्धी मुद्धामा लागिरहेका सुपर लयर क्षेत्री एनआरएन अमेरिकाको पूर्व अध्यक्ष तथा जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक समेत हुन् । गुल्मी जिल्लाको सिर्सेनिमा जन्मेका क्षेत्री हाल न्यूजर्सीमा बस्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप