वीरगञ्ज कारागारबाट ३३ जना कैदीबन्दी छाडिए
बुधबार, २६ चैत २०७६, १६ : ४८
पर्सा । मुलुकमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ । सर्वोच्च अदालतले गरेको निर्णयनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका कैदीबन्दीले दिनको रु ३०० जरिवाना तिरेर छाड्ने निर्णय गरेपछि जिल्ला अदालतमा त्यसअनुरुप दिएको निवेदनअनुसार ३८ जनामध्ये ३३ जनालाई छाडिएको जेलर श्रवणकुमार पोखरेलले राससलाई जानकारी दिए ।
बाँकी पाँच जना कैदीबन्दी सजाय भुक्तानका लागि अदालती प्रक्रियामा रहेका छन् । छुट्ने कैदीमध्ये विशेष गरी बहुविवाह, सवारी ज्यान, कुटपिट, किर्ते, ठगी, लागुऔषध, चेलीबेटी बेचविखनलगायत मुद्दामा सजाय काटिरहेका कैदी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री