शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामको उठ्ने भयो शव, के भयो सहमति ?

बुधबार, २६ चैत २०७६, १६ : ३८
बुधबार, २६ चैत २०७६

काठमाडौँ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापाको शव ११ दिनपछि उठ्ने भएको छ ।

परिवारले बाबुरामको उपचारमा चिकित्सकले लापरबाही भएको भन्दै १० दिनयता शव बुझ्न मानेका थिएनन् । उचित क्षतिपूर्तिसहित उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको समेत माग गरेका थिए । 

बुधबार प्रदेश ५ को समाजिक विकास मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकबाट परिवारका सदस्यको माग सम्बोधन गर्ने सहमति जुटेसँगै  बाबुरामको शव उठाउन परिवार राजी भएका हुन् । 

बैठकमा पूर्वसांसद् विनोद पहाडी, युवा उद्यमी जगत पोखरेल र अधिकारकर्मी पदम कार्कीको पहलमा मृतक बाबुरामको परिवारलाई दिनेगरी आधारभूत राहत कोष बनाउने सहमति जुटेको थियो । 

५ लाख ५ हजारको कोषमा थप आर्थिक सहयोग जुटाइने सहमति भएको छ । त्यसैगरी बैठकले बाबुरामका २ छोरालाई उच्च शिक्षासम्म पठनपाठन र श्रीमती रीता थापा क्षेत्रीलाइ स्थानीय सरकारले रोजगारी दिने निर्णय गरेको छ । 

गत चैत्र ६ गते दुबईबाट नेपाल फर्किएका थापाको उपचारको क्रममा चैत १६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

बाबुरामको मृत्यु भएकै दिन स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । तर, उनको रिपोर्ट नेगेटिभ आएको थियो । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप