शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्पेनमा लगातार दोस्रो दिन मृत्यु हुनेको संख्यामा वृद्धि

बुधबार, २६ चैत २०७६, १६ : २१
बुधबार, २६ चैत २०७६

गत एक हप्तासम्म कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी देखिएको स्पेनमा पुनः यो संख्यामा वृद्धि भएको देखिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार त्यहाँ लगातार दोस्रो दिन मृत्यु हुनेको संख्यामा वृद्धि देखिएको हो ।

पछिल्लो २४ घण्टामा स्पेनमा ७५७ जनाले ज्यान गुमाएका छन् जबकि अघिल्लो दिन त्यहाँ ७४३ जनाको मृत्यु भएको थियो । यद्यपि, कूल मृत्तकको दरमा भने ५.५ प्रतिशतले वृद्धि हो । यो मंगलबारको ५.७ प्रतिशत दरभन्दा थोरैले कम हो ।

मन्त्रालयका अनुसार हालसम्म स्पेनमा १४ हजार ५५५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, कूल सक्रिय संक्रमितको संख्या ८३ हजार ५०४ बाट ८४ हजार १११ पुगेको छ । यो ६०१ ले बढी हो । नयाँ संक्रमितको संख्या भने पछिल्लो एक महिना यता कै कम हो । प्रतिशतका हिसाबले मंगलबार यो संख्या ०.७ प्रतिशतले वृद्धि भएको छ जुन महामारी सुरु भएयता कै सबैभन्दा कम पनि हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ४ हजार ८१३ जना निको हुँदै कूल ४८ हजार २१ जना स्वास्थ्य बनेर घर फर्केका छन् ।

स्पेनिस अधिकारीहरुले आइसीयूमा रहेका बिरामीको संख्या भने खुलाएको छैन । स्पेनका सबै १७ क्षेत्रबाट एकीकृत रुपमा तथ्यांक संकलन गरेर यसबारे जानकारी दिइने मन्त्रालयले बताएको छ ।

स्रोत : सीएनएन लाइभ अपडेट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप