बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साइप्रसमा ७० नेपालीलाई सहयोग

बुधबार, २६ चैत २०७६, १६ : ०८
बुधबार, २६ चैत २०७६

साइप्रस । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट साईप्रसमा प्रत्यक्ष प्रभावित नेपाली  विद्यार्थी एवम्  केही कामदारलाई सहयोग गरिएको छ । 

यहाँ क्रियाशिल विभिन्न सघंसस्थाहरु एकजुट भइ ७० जना नेपाली विद्यार्थी तथा कामदारलाई राहत वितरण गरिएको हो ।  

साईप्रसमा रहेको नेपाली कन्सुलेटको रोहबर तथा गैरअवसीया नेपाली सघं साईप्रसको संयोजकत्वमा यहाँ रहेका विभिन्न  सामाजिक सघंसस्थाहरुले रकम संकलन गरि राहत वितरण गरिहेका छन्  । जसका लागि किरात राई यायोक्खा , प्रवासी नेपाली मचं , तमु समाज, चितवन समाज , नेपाल तमागं घेदुगं , ह्योल्मो एकता समाज , तमागं बौद्ध महासघं , नेपाल मगर सघं शेर्पा केदग , किरात याक्थगं लुम्लुगं , सघिंय लिम्बुवान समाजिक मचं लगाएतका समाजिक सघंसस्थाहरुले सामुहिक रुपमा राहत संकलन गरेको एनआरएनए साईप्रसका सचिव पुरन मगरले जानकारी दिए । 

राहत वितरणका लागि एनआरएन साईप्रसले डाटा संकलन कार्य गरेको थियो । डाटामा ३२० भन्दा बढीले राहत लिनका लागि आफनो ब्यक्तिगत विवरण उब्लप्ध गराएको र बाँकीलाई पनि क्रमशः वितरण गर्दै जाने  एनआरएनए साईप्रसकी अध्यक्ष दिल कुमारी तिलीजा पुनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप