शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसले दश परिवारलाई एक महिनाको घरभाडा छुट दिए

बुधबार, २६ चैत २०७६, १६ : ०६
बुधबार, २६ चैत २०७६

स्याङ्जाका एक घरबेटीले आफ्ना घरमा डेरा गरेर बस्ने परिवारलाई एक महिनाको घरभाडा छुट दिने भएका छन् । वालिङ नगरपालिका–१ रामबाच्छाका क्याप्टेन रुकबहादुर गुरुङले आफ्नो घरमा बस्ने दश परिवारका लागि चैत महिनाको भाडा छुट दिने घोषण गरेका हुन् ।

लकडाउनका कारण काम गरेर खाने समुदायमा समस्या बढ्दै गएकाले आफूले घर भाडा छुट दिने निर्णय गरेको गुरुङले बताए । उनले भने, ‘लकडाउन पीडामा आहात नभइ राहतस्वरुप एक महिनाको घरभाडा छुट दिने घोषण गरेको हुँ ।’

रामबाच्छास्थित गुरुङको घरमा रामबाच्छा जीप समिति प्रा.लि. को कार्यालय र अन्य १० परिवार भाडामा बस्दै आएका छन् । उनले प्रत्येक महिना एकमुष्ठ १७ हजार ५ सय बुझ्ने उनले जानकारी दिए । विश्व नै संकटमा परेको बेला एकले अर्कोलाई साथ, सहयोग र सहुलियत दिन जरुरी रहेको उनको भनाई छ । ‘मैले एक महिनाको भाडा छुट दिँदै गर्दा केही परिवारलाई खाद्यान्नको जोहो गर्न सजिलो हुने आशा गरेको  छु,’ उनले थपे ।

यसैगरी गुरुङले वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपाालिका कोभिड–१९ राहत कोष’ मा १५ हजार नगदसमेत सहयोग गरेका छन् । विश्वभर सबै समुदाय कोरोना विरुद्दको अभियानमा एकजुट भएर अगाडि बढीरहको अवस्थामा क्याप्टेन गुरुङले गरेको सहयोगको वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले प्रशंसा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप