महामारीको बेला ‘गायब’ बनेका लुम्बिनी प्रादेशिक अस्पतालका ५ डाक्टरको जागिर गुम्यो

बुटवल । कोरोनाभाइरसको महामारीको विषम परिस्थितिमा विरामीलाई उपचार गर्नुको साटो चिकित्सकहरु गायब भएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ५ जना डाक्टरलाई सेवाबाट हटाइएको छ ।
अस्पताललाई कुनै जानकारी नदिइ अस्पतालमा नआउने ५ जना मेडिकल अफिसरसहितका चिकित्सकलाई अस्पतालले सेवाबाट हटाइदिएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डन डा. राजेन्द्र खनालका अनुसार रेडियोलोजिस्ट डा. बरदान वली, डा. तारा शर्मा, डा. प्रकृति कार्की, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुभाषचन्द्र चौधरीलाई सेवाबाट हटाइएको रातोपाटीलाई बताए ।
अस्पतालमा कुनै जानकारी नदिइ चौधरी गत चैत ९ गतेदेखि, वली, शर्मा र न्यौपाने चैत ११ गतेदेखि र कार्की चैत १२ गतेदेखि अस्पताल नआएको अस्पातालले जनाएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा डाक्टरहरूलाई कारवाही गरिएको हो । हटाइएका सबै करारमा कार्यरत चिकित्सकहरु हुन् । उनीहरू करीब १ वर्ष अगाडिदेखि अस्पतालमा कार्यरत थिए ।
उनीहरुलाई यही चैत २० गतेदेखि लागू हुने गरी अस्पताल सेवाबाट हटाइएको छ । अस्पतालले रिक्त भएको स्थानमा नयाँ चिकित्सक नियुक्त गर्न सूचना पनि प्रकाशित गरेको छ ।
३० जना नयाँ चिकित्सकका लागि अस्पतालले आवेदन माग गरेको छ । दैनिक १५ सय विरामी उपचार हुने अस्पतालमा हाल ७७ जना चिकित्सक जना चिकित्सक रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनमा झन्डाको व्यापार, ३ देखि ५ सयमा किनबेच
-
केपी ओली नर्कमा गए, उनलाई उल्टो गुरु मान्नुपर्छ : प्रचण्ड
-
राजावादी प्रदर्शनकारीद्वारा ट्याक्सी तोडफोड
-
प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो
-
तीनकुनेमा झडपपछि देखिएनन् राजावादी नेताहरु, फेसबुकबाट दुर्गा प्रसाईले गरे यस्तो आग्रह
-
एमाले कांग्रेस नेतृत्वको सरकार भ्रष्टाचारीको संरक्षक : पम्फा भुसाल