शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ मा आज नाटक ‘क्लेशाः’

बुधबार, २६ चैत २०७६, १४ : १४
बुधबार, २६ चैत २०७६

काठमाडौं । ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’मा आज बुधबार नाटक ‘क्लेशाः’ देखाइने भएको छ । प्रतिक्षा कट्टेलको लेखन रहेको नाटकको निर्देशक विजया कार्की हुन् । करमनको प्रस्तुति रहेको नाटकको मुख्य स्रोत रामायण रहेको छ । नाटकमा नेपालको एउटा दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक र सांस्कृतिक परिवेशमा रामायणका प्रमुख पात्रहरुलाई नयाँ कोणबाट देखाउन खोजिएको छ । 
सुरक्षा पन्त, सिर्जना अधिकारी, रुजु शर्मा, सबिन थापा, राज खड्का, स्वप्निल घिमिरे, प्रतिक मरहठ्ठा, सुदीप खतिवडा, तुफान थापा, अमृत काउचा, जीवननाथ पौडेल र सविन भट्टराईको नाटकमा मुख्य अभिनय रहनेछ । 
नाटक थिएटर मलको फेसबुक पेजबाट हेर्न सकिनेछ । थिएटर मल– कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)ले गत चैत्र १४ गतेदेखि विश्व रङ्गमञ्च दिवसको अवसर पारेर ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको थियो । 
लकडाउनको समयमा पनि दर्शक रंगमञ्चबाट टाढा रहन नपरोस् भन्ने उदेश्यले ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ सुरु गरिएको थियटर महलका केदार श्रेष्ठले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप