सुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले कालोबजारी गरेको अभियोगमा पक्राउ परेका सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको पुष्टि गरे ।
अग्रवाललाई मङ्गलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका अग्रवाललाई प्रहरीले बुधवार नै सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि सिडिओ कार्यालयमा पेश गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौँले अग्रवाललाई कालोबजारी गरेको कसुरमा न्यायिक हिरासतमा राख्न सिडिओ कार्यालयसँग सात दिनको अनुमति मागेको थियो । अग्रवालले जरो नाप्ने थर्मल गन कालोबजारी गर्ने गरेको सूचना पाएलगत्तै प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ लिएर मंगलबार नक्सालबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार