कैलालीमा आयो आरटीपीसीआर मेसिन
कैलाली । कोरोना संक्रमण परीक्षणका लागि आरटीपीसीआर थप उपकरण मेसिन धनगढी आइपुगेको छ । बुधबार नेपाली सेनाको स्काई ट्रकबाट सो उपकरण मेसिन धनगढी ल्याइएको हो । सेती प्रादेशिक अस्पतालमा केहि दिनअघि स्थापना भएको प्रयोगशाला कोरोनाको स्वाब कम मात्रामा परीक्षण हुन थालेपछि बढी क्षमता भएको आरटीपिसिआर मेसिन लयाइएको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले रातोपाटीलाई जानकारी दिए ।
सुदुरपश्चिम प्रदेश सरकारको अनुरोधमा पशुसेवा बिभाग अन्र्तगतमा रहेको केन्द्रिय पशुपंक्षी रोग अन्बेशण प्रयोगशालमा रहेको आरटीपिसिआर मेसिन कोरोना रोगको परीक्षणका लागी धनगढी ल्याइएको मन्त्री सुवेदीले बताए ।
उक्त मेसिन प्रदेश सरकारले सोधभर्ना गर्ने गरी ल्याएको हो । मन्त्री सुवेदीले प्रदेश सरकारले अहिलेसम्म कोरोना रोग नियन्त्रणका लागी सम्पूर्ण प्रयास जारी राखेको र अहिले प्रदेशमा दक्ष जनशक्ति र उपकरणहरुको अभाब रहेको समेत बताए ।
पछिल्लोपटक ल्याएको आरटीपिसआिर मेसिनले एकै पटकमा ९६ वटा नमुना परीक्षण गर्नसक्छ । अत्याधुनिक सो उपकरणमा ९६ स्वाब नमुना परीक्षण गर्न चारदेखि पाँच घण्टासम्म लाग्ने चिकित्सक डा.नरेश जोशीले बताए । उक्त आरटीपिसआिर मेसिन धनगढीमा रहेको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालमा राखिएको छ । त्यहिबाट कारोना रोगको परीक्षण गरिने छ । मेसिन जडान हुन दुई दिन लाग्ने डा.जोशीले जानकारी दिए । यसअघि संघीय सरकारले चीनबाट खरिद गरेर ल्याएको पिसीआर उपकरणले दैनिक ८ जनाको मात्रै परीक्षण गर्ने गरेको जनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम