केन्द्रीय संस्करण

एउटा भाइरल फोटो जसले एक किशोरीलाई सडकबाट उठाएर सेलिब्रिटी बनायो

person explore access_timeचैत २६, २०७६ chat_bubble_outline0

चार वर्षअघि सम्म पनि रिटा गाभिओला, एक १३ वर्षकी किशोरी सडकमा माग्दै हिँड्थिन् ।  तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रुपमा आबद्ध भएकी छिन् । उनी चर्चित रियालिटी शोमा अभिनय पनि गर्छिन् । साथै, इन्स्टाग्राममा उनको १ लाख बढी फलोअर्स पनि छन् । उनले यस्तो सफलता एउटा तस्बिरका कारण प्राप्त गरिन् ।

रिटाको यो रोचक कहानी सन् २०१६ मा सुरु भयो । त्यतिबेला उनी आफ्नो र परिवारको पेट पाल्न लुकबानस्थित माग्दै हिँड्थिन् । उनका बुवा फोहोर टिप्ने काम गर्थे र आमा उनीलगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् । उक्त घरको कोही पनि बच्चा स्कूल गएका छैनन् । उनको परिवारलाई खान नै धौधौ थियो त्यसकारण रिटाले मानिसहरुसँग पैसा वा खानेकुरा माग्ने गर्थिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🌹🌻 📸 & 💄: @eoncleofas

A post shared by Rita Gaviola (@itsritagaviola) on

त्यति नै बेला उनलाई एक फिलिपिनो फोटोग्राफर तोफर क्विन्टो बुर्गोसले देखे । सन् २०१६ मे मा लुक्बानमा आयोजित पाहियास फेस्टिबल अवलोकन गर्न त्यहाँ पुगेका थिए । उनले रिटाको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे । क्यामराको एउटा क्लिक र अपलोड बटनले रिटाको जीवनमा आकाश पातालको परिवर्तन ल्याइदियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

My courage is my crown and I wear it like a queen 👑💕

A post shared by Rita Gaviola (@itsritagaviola) on

१३ वर्षे ती किशोरीको तस्बिर आगोसरी फैलियो । धेरैले उनको प्राकृतिक सुन्दरताको तारिफ गरे । बादजाओ समुदायकी उनलाई ‘बादजाओ गर्ल’ उपनाम दिइयो । फिलिपिन्सका थुप्रै सुन्दरीले उनलाई गरिबीबाट बाहिर निस्कन सहयोग गरे ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Thank you #PBBOtso :)

A post shared by Rita Gaviola (@itsritagaviola) on

विभिन्न सेलिब्रिटी जस्तै २०१५ की मिस वर्ल्स फिलिपिन्स ड्यानिल पारुङगाओ, २०१४ की मिस इन्टरनेशनल फिलिपिन्स बियान्का गुइदोटी र २०१५ की मिस अर्थ एन्जेलिया ओङ्गले रिटाको शरीर र अनुहारको बनावट मोडलको जस्तै भएको बताउँदै सोसल मिडियामा तारिफ गरे ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Hi 😊😊

A post shared by Rita Gaviola (@itsritagaviola) on

के भइरहेको छ भनेर राम्रोसँग थाहा नपाइकनै उनले विभिन्न स्थानमा अन्तर्वार्ता दिइरहेकी थिइन्, विभिन्न ब्रान्डका लागि मोडलिङ गरिरहेकी थिइन्, टिभी सिरिजमा स–सानो भूमिकामा देखिन थालेकी थिइन् र अन्तर्राष्ट्रिय रियालिटी शो बिग ब्रदरमा कान्छ प्रतियोगीको रुपमा भित्रिएकी थिइन् । उनको यो चर्चाले उनलाई सोसल मिडियामा आफ्नो दर्शक बनाउन सहयोग गरेको थियो । यसमा देश–विदेशका विभिन्न व्यक्तित्व समावेश भए । तीमध्ये कतिले उनको परिवारलाई आर्थिक सहयोग पनि गरे ।

अडिटी सेन्ट्रलबाट रातोपाटीको अनुवाद

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.