मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना त्रासका वीच वर्ल्डलिंकको सेवाः मेडिकल परामर्श देखि क्वारेन्टाइन स्थलसम्म

बुधबार, २६ चैत २०७६, १३ : ०८
बुधबार, २६ चैत २०७६

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)को महामारीका कारण विश्वले कठिन परिस्थितिको सामना गरिरहेको बेला नेपालमा पनि यसको फैलावटबाट जेगिनको लागि लकडाउनको घोषणा गरिएको छ । 

सबैजना घरमै बस्नु पर्ने यस अवस्थामा दैनिक कार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु सुन्न र हेर्न, सामाजिक संजालको प्रयोग गर्न एवं मनोरञ्जनका साथ घरमा समय बिताउनको लगि इन्टरनेट अत्याधिक मात्रामा प्रयोग भईरहेको छ । 

अनलाइन बैकिङ्ग, अनलाइन ऐजुकेसन, कर्पोरेट काम, अनलाइन मेडिकल परामर्श जस्ता चुनौतिपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोगबाट नै सम्भव भइरहेको छ । सबै इन्टरनेट प्रदायक कम्पनीहरुको व्याण्डविथमा आएको समस्याका कारणले ग्राहकवर्गमा भरपर्दो सेवाप्रवाह गर्न केही असहज परिस्थिति समेत सृजना भएको सेवा प्रदायकहरुले बताएका छन् ।

नेपालको सबैभन्दा ठुलो ब्रोडव्याण्ड सर्भिस प्रोभाइडर वर्ल्डलिंकले लकडाउनको समयमा भरपर्दो सेवा प्रवाह गर्ने जिम्मेवारी बहन गर्नु अतिआवश्यक भएसँगै यस चुनौतीको सामना गर्नको लागि देशभरका प्रत्येक शाखा कार्यालयहरुमा फिल्ड सपोर्टका कर्मचारीहरु रहने गरी आइसोलेटेड समूहको स्थापना गरेको छ । 

महामारीबाट आफ्ना फिल्ड सपोर्टका कर्मचारी एवं उनीहरुका परिवार एवं आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी वर्ल्डलिंकले शाखा कार्यालयहरुमा नै सपोर्ट टिमको लागि खान बस्नको राम्रो व्यवस्थासँगै सेवाप्रवाह गराउँदै आएको बताएको छ । 

वर्ल्डलिंकले यस महान कार्यमा खटिने फिल्ड सपोर्टका कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल राखी समय समयमा स्वास्थ्य चेकजाँच गराउने सँगै उनीहरुका लागि पीपीई सेट र पर्याप्त मात्रामा सेफ्टी किटको प्रवन्ध मिलाएको जानकारी गराएको छ ।

स टिमको महत्वपूर्ण सहयोगबाट प्रमुख प्राथमिकतामा रहेका आउटेजहरु ह्याण्डल गर्ने, सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्नेलगायत इन्टरनेटमा आएका विविध समस्याहरु समाधान गर्न सफल हुँदै साहस अनि आँटले भरिपूर्ण आइसोलेटेड टिमको यस्तो किसिमको कार्यप्रति ग्राहकबाट कम्पनीलाई धन्यवाद प्रदान भई रहेको वल्र्डलिंकले बतएको छ । 

यतिमात्र नभई, वर्ल्डलिंकले कोभिड १९ देखा परेका बिरामीहरुको सम्पर्कमा रहेका मानिसहरु राख्दै आएको केही क्वारेन्टाइन स्थलहरुमा समेत इन्टरनेट सेवाप्रदान गर्न सफल भइसकेको र जसबाट क्वारेन्टाइनमा समय बेतित गर्न र अपडेटमा रहन सहजीकरण भईरहेको क्वारेन्टाइनमा रहेका मानिसहरुले बताएका छन् ।

साथै, यस चुनैतिपूर्ण घडीमा राष्ट्रलाई आवश्यक परेको खण्डमा अन्य स्थलमा समेत इन्टरनेट सेवा प्रदान गर्न वल्र्डलिंक तयार रहेको बताइएको छ ।

नेपालमा धेरै मात्रामा ग्राहकहरु भएको वल्र्डलिंकले यस विषम् परिस्थितिमा भरपर्दो सेवा सुविधा पु¥याइ देश र जनतालाई सेवा पु¥याउने कार्यमा निरन्तर अविच्छिन्न रुपमा लागि रहने कुराको प्रतिवद्धता समेत जाहेर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप