ठेकेदार भागेपछि म्याग्दीबाट हिडेर दाङ जाँदै कामदार
गुल्मी । म्याग्दीको एक सडकमा काम लगाउने ठेकेदारका नाइके भागेपछि भोकै बसेका कामदार ३ दिन हिँडेर बुधवार बिहान गुल्मीको सदरमुकाम तम्घास आइपुगेका छन् । आफ्नो घर दाङको तुल्सीपुर नगरपालिका वडा नम्वर १८ जान लागेका उनीहरुलाई गुल्मीको सदरमुकाम तम्घासस्थित रेसुङ्घा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले उद्धार गरि क्वारेन्टाइनमा राखेर खानाको ब्यवस्था गरेका छन् ।
‘मलाई बाग्लुङ्घको गल्कोट नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष हिमबहादुर भण्डारीले फोन गरेर ३ जना कामदारहरु आएका छन् खानपिनको ब्यवस्था गरि पठाउनुहोला भनेर फोन गर्नुभयो, त्यसैले अहिले बिहानभरी उनीहरुलाई चिदिचौरमा कुरेर बसेको छु’वडाध्यक्ष भलामील भने । तुल्सीपुरका २० वर्षीय बिशाल चन्द, २१ वर्षीय सुवास खनाल र २२ वर्षीय अर्जुन बस्याल डेड महिनाअघि ठेकेदारका नाईके झलकले बोलाएपछि म्याग्दीको वेनीस्थित सडकको नाली बनाउने काम गर्न पुगेका थिए ।
‘२१ दिनसम्म काम गरेको पैसा लिन थियो, ती नाईके भागेपछि हामी भोकै बस्यौं, त्यसपछि अस्ती बिहानै भिमपोखरा र अक्षेते गाउँ हुँदै हिजो राती गल्कोट आएका थियौं । त्यहाँका वडाध्यक्षले हिजो राती खाना खुुवाउनुभयो, बाटोमा खाजा पनि पठाउनुभएको थियो । अहिले विहान तम्घास आईपुगेका हौं’ उनीहरुले भने ।
गल्कोट नगरपालिका २ का वडाध्युक्ष भण्डारीले भने– ‘यहाँ हाम्रो वडामा जो कोही मानिस प्रवेश गर्दा हाम्रा स्वयम सेवक साथीहरुले चेक जाँच गर्ने गर्दछन्, त्यसक्रममा मलाई जानकारी दिए, यसर्थ बेखर्ची र भोकाएका उनीहरुलाई खाना र बस्नको ब्यवस्था गर्दै तम्घासका लागि त्यहाँका वडाध्यक्ष भरतजीलाई आग्रह गरेको हुँ ।’ उनले यो विपद्मा जो कोही मानिसलाई सहयोग गर्नु हामी सबैको कर्तब्य भएको बताए ।
यता गुल्मीका वडाध्यक्ष भरत भलामीले ३ युवाहरु साह्रै थाकेकोले आज नगरपालिकाको क्वारेन्टाईनमा आराम गर्न लगाउने, होटलको खाना खर्च आफुुले ब्यहोर्ने तयारी गरिरहेको बताए । बाटो खर्च समेत दिएर भोली अर्घाखाँचीका जनप्रतिनिधीहरुसँग समन्वय गर्दै दाङ पठाउने उनले बताए । लामो यात्रा गरेका तीनै जनाको खुट्टाहरु फुटेर रातै भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा खडेरी, खेतमै सुक्यो बाली
-
भारत : तेस्रो चरणको चुनावमा औसत ६४.४० प्रतिशत मतदान, सबैभन्दा कम उत्तर प्रदेशमा
-
अमेरिकाले इजरायल जाने बमको खेप रोक्यो
-
बारामा ८ महिनापछि वर्षा, वन्यजन्तु र डढेलो नियन्त्रणमा राहत
-
पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा
-
गौरीगङ्गामा अवैध काठ बरामद