लकडाउनमा पनि रोकिएन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम
पोखरा । लकडाउनको प्रभावले देशका धेरै कामहरु रोकिएका छन् । बजारहरु लगभग बन्द नै छ । तर पोखरामा सन् २०१७ बाट निर्माण सुरु भएको पोखरा बिमानस्थलको काममा भने लकडाउनको प्रभाब खासै परेको देखिन्न । सन् २०२१ को जुलाइ १०सम्ममा सिएमसीइ कम्पनीले नेपाल सरकारलाई विमानस्थलको काम सकेर हस्तान्तरण गर्नुपर्ने छ ।
लामो समय जग्गा अधिकरण गरेर पनि सुरु नभएको बिमानस्थल निर्माणको काम केही बर्ष अघि मात्र सुरु भएको थियो ।
ठेक्का लिएको चिनियाँ कम्पनीले सम्झौता भएको भन्दा छ महिना अगाडि सरकारलाई हस्तान्तरण गर्ने गरि काम गरेको भए पनि कोरोनाको कारण केही सामानहरु सिमा नाकामा र बन्दरगाहमा रोकिएको हुनाले सम्झौता गरिएको अवधिमा मात्र काम सकिने आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।
मुनाकर्मीका अनुसार लकडाउन पहिले नेपाली र चाइनिज गरेर जम्मा ६ सय जना कामदारहरुले काम गर्ने गरेको भएपछि लकडाउन पछि भने ३७१ जनाले मात्र काम गरिरहेका छन् । मुनाकर्मी भन्छन्–‘ चाइनाबाट कामको प्रकृतिहेरि मेनपावर आउँछन् । अहिले भवन निर्माण र डेकुरेसनको काम भईरहेको छ । हामीसँग सामान स्टक रहँदासम्म विनामस्थल निर्माणको काम रोकिँदैन । हामीले विमानस्थलको एरियलाई लक गरेर काम गरिरहेका छौँ ।’
चिनियाँ नयाँ बर्ष मनाउन चीन गएका चिनियाँ कामदारहरु कोरोनाको कारण केही समय चीनमा नै रोकिँदा भने काममा केही असर गरेको बताए ।
चीनमा र नेपालमा गरेर करिव २८ दिन क्वारेन्टाइनमा राखेपछि काममा फर्काईएको सिएमसीइका इन्जिनीयर अभिशेक उलकले बताए । उनका अनुसार अहिले बिमानस्थल निर्माणको काममा २७१ चाइनीज र एक सय नेपाली कामदार रहेका छन् ।
आयोजना प्रमुख मनाकर्मीका अनुसार योजनाको ५६ प्रतिशत काम सकिएको छ । लकडाउनको अवधिमा बिमानस्थललाई लक गरेर भनेपनि कामलाई निरन्तरता दिएको उनले बताए । लकडाउन बैशाखभित्र सकियो भने काम पनि सम्झौता अवधिमा नै सकिने मुनाकर्मी बताए ।
यद्यपी विमानस्थलको जग्गा अधिकरणको विषयमा प्राधिकरण र स्थानियबासी विचको बिबाद भने सुल्झिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार