शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘चुनौतीलाई अवसरमा बदल्ने प्रयत्नमा छु’

सुलभ बुढाथोकी, इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष
बुधबार, २६ चैत २०७६, १० : ०२
बुधबार, २६ चैत २०७६

काठमाडौँ । कोरोना भाइसर अर्थात् कोभिड–१९ को महामारीका कारण यतिखेर विश्व आक्रान्त छ । संसारभर तीव्र रूपमा फैलिँदै गरेको यो भाइसरले विश्वमा करिब ७५ हजार  मानिसको ज्यान लिइसकेको छ भने झण्डै १४ लाख मान्छे यो रोगबाट सङ्क्रमित हुन पुगेका छन् । यति ठूलो महामारीको रूपमा संसारभरि नै फैलिरहेको यो भाइरसले अझै कति महामारीको रूप लिने हो थाहा छैन । खैर, यो रोगले विश्वका मै हुँ भन्ने शक्ति राष्ट्रहरुलाई समेत घुँडा टेकाएको छ ।

अर्थ, शस्त्र र शक्तिले प्रकृतिमाथि नै चुनौती दिन पछि नपरेका मुलुकहरु समेत यतिखेर कोरोनाको प्रकोपका कारण हायल कायल भएका छन् । अहिलेको अवस्थामा कोरोनाबाट बच्न, भाग्ने जोगिनेबाहेक कोहीसँग केही, कुनै उपाय छैन । कोरोनाबाट त्रसित विश्व समुदाय बच्नकै लागि यतिखेर मुलुक लकडाउनको सहारा लिइरहेका छन् । विश्वका धेरैजसो देशहरु अहिले लकडाउनको स्थितिमा छन् । एक देशदेखि अर्को देश त परैजाओस् आफ्नै देशभित्रको चहलपहल समेत रोकिएको स्थिति छ । अहिले सोही उपाय अवलम्बन गर्दै नेपालले पनि पूर्णतः मुलुक लकडाउन गरेको अवस्था हो ।

लकडाउनका कारण यतिखेर सबैजसोको जनजीवन प्रभावित त भएको छँदैछ । यसले मान्छेको सोच र कार्यमा समेत परिवर्तन ल्याउने निश्चित छ । दुई साता लामो लकडाउनमा बसिसकेको समाजले अब नयाँ खोज, अनुसन्धान तथा प्रयोगमा ध्यान दिन थालिसकेको छ ।

यस्तैमा लकडाउनको करिब दुई साता सेल्फ होम क्यावारेन्टाइनमा समय विताइरहेका इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकी क्वारेन्टाइनको समय उपयोग गर्दै आईटीमा नयाँ नयाँ खोज, अनुसन्धान र प्रयोगमा जुटेका छन् । कोरोना महामारीको विषम परिस्थितिलाई उपयोग गर्दै बुढाथोकी समाजमा आईटीको प्रयोगलाई नयाँ उचाइ दिने प्रयासमा छन् ।


'समस्या आउँदा एक्लै आउँदैन, सँगै अवसर पनि लिएर आएको हुन्छ । कोरोना तत्कालका लागि समस्या बनेर आए पनि यसले केही सकारात्मक परिर्वतन दिन्छ भन्ने मेरो विश्लेषण हो । त्यसैले ‘आईटीलाई नयाँ उचाइ दिँदै, समस्यालाई अवसरमा बदल्ने प्रयत्नमा छु ।’


शैक्षिक र टेक्नोलोजी दुवै क्षेत्रमा काम गरिरहेका बुढाथोकीसँग अहिले ५ कलेज र २ आई–टी (प्रविधि) कम्पनी रहेका छन् । बुढाथोकीको नेतृत्वमा राजधानीमा तीन कलेज इस्लिटन, हेराल्ड र मेरिल्यान्ड सञ्चालित छन् भने राजधानी बाहिरका दुई स्थान पोखरा र इटहरीमा इन्फोम्याट्रिक्स र इटहरी इन्टरनेसनल कलेज सञ्चालित छन् । त्यति मात्र होइन बुढाथोकीले दुईवटा आईटी कम्पनी इनोभेट टेक, भैरव सेक्युरिटी टेक्नोलोजी कम्पनीसमेत सञ्चालन गरिरहेका छन् ।

विशेषतः आईटीसँग नजिक रहेका बुढाथोकीले लकडाउनको समयमा समेत आईटीकै प्रयोग गर्दै घरबाटै काम गरिरहेका छन् । त्यसो त आईटी कम्पनी मात्र होइन पाँचवटै कलेजहरुसमेत उनले घरबाटै ह्यान्डिलिङ गरिरहेका छन् ।

'कोरोना, कोरोनापछिको लकडाउनले समेत मेरो काममा बाधा पुगेको छैन । सदाझैँ सामान्य काममा नै जुटिरहेको छु । भलै अरूबेला अफिसबाट काम गरिन्थ्यो भने अहिले घरबाटै गर्नुपरेको छ । बिहान–बेलुका केही समयबाहेक धेरैजसो समय अफिसियल काममा नै व्यस्त रहने गर्छु । हामीले इन्टरनेटका माध्यमबाट घरबाटै काम गर्ने व्यवस्था मिलाएका छौँ । कतिसम्म भने कलेजको पढाइ समेत घरघरबाटै हुन्छ । लकडाउनको अवस्थामा पनि हाम्रा कलेजका कक्षाहरु रोकिएका छैनन् । शिक्षकले घरघरबाटै क्लास लिन्छन् र विद्यार्थीले पनि सोही प्रक्रियामा घरघरबाट क्लासमा सहभागी हुन्छन् । यसरी सिक्ने र सिकाउने प्रक्रिया जारि नै राखेका छौँ,' उनी भन्छन् ।


'लकडाउनले जुराएको अर्को अवसर भनेको परिवारजनसँगको चिनजान हो । यो समयमा २४सै घण्टा घरपरिवारसँग रहँदा को कस्तो के भन्ने सबै बुझिँदो रहेछ । परिवारसँग घुलमिल हुन थप समय मिलेको छ । यसको अतिरिक्त लकडाउनले सिकाएको अर्को कुरा घर व्यवहार, घरायसी काम गर्न कति गाह्रो हुँदो रहेछ भन्ने कुरासमेत महसुस गर्न पाइएको छ ।'


अर्कोतर्फ आईटीको काम पनि सहज रूपमा नै चलिरहेको छ । सुरुका केही समय असहज फिल भए पनि अहिले सहज भएको छ । विशेषतः विदेशी कम्पनीहरु सिङ्गापुर, यूकेलगायतका कम्पनीसँग काम गर्नुपर्ने हुँदा अफिसमा बसेर काम गरे पनि घरमा बसेर काम गरे पनि खासै फरक छैन । जसले अहिले लकडाउनमा घरबाटै काम गर्दा पनि समस्या छैन । निरन्तर काम भइ नै रहेको छ ।

बुढाथोकी के कुरामा फरक महसुस गर्छन् भने घरमा बसेर काम गर्दा अझ बढी सशक्त र क्रिएटिभ भइँदो रहेछ । केही फुर्सदको समयमा नयाँ नयाँ कुराको खोज, अनुसन्धान र प्रयोग बढ्ने रहेछ । अहिले यही बचेको फुर्सदको समय उपयोग गर्दै बुढाथोकीले समाजमा टेक्नोलोजीको प्रयोगबाट नयाँ प्रयोग स्थापित गर्न खोजिरहेका छन् ।

'समस्या आउँदा एक्लै आउँदैन, सँगै अवसर पनि लिएर आएको हुन्छ । कोरोना तत्कालका लागि समस्या बनेर आए पनि यसले केही सकारात्मक परिर्वतन दिन्छ भन्ने मेरो विश्लेषण हो । त्यसैले ‘आईटीलाई नयाँ उचाइ दिँदै, समस्यालाई अवसरमा बदल्ने प्रयत्नमा छु ।’

'कोरोनाको विषम परिस्थितिमा पनि समाजलाई आईटीमा केही नयाँ कुरा दिन सकिन्छ कि भन्ने खोजमा छौँ । यसै समयमा मात्र हामीले एउटा नयाँ प्रयोग गरिसकेका छौँ । कोरोनाका कारण पढाइ, परीक्षा सबै रोकिएर घरमै बसेका १०, ११ र १२ का विद्यार्थीलाई लक्षित गर्दै हामीले नयाँ शैक्षिक एप्स ल्याउने तयारी गरेका छौँ । जुन क्याम्ब्रिज विश्व विद्यालयको पाठ्यक्रममा आधारित सफ्टवेयर हो । यसले विद्यार्थीलाई विज्ञानको विषय जान्न र सिक्न सहयोग गर्दछ । यो हामीले निःशुल्क उपलब्ध गराउँदै छौँ । यस्तै यस्तै अन्य टेक्नोलोजीका प्रयोगसमेत हामी तयार गर्न गइरहेका छौँ । यसले समाजमा केही नयाँ कुरा दिन्छ भन्ने हाम्रो सोच हो । यही लकडाउनको समयको सदुपयोग गर्दै यी टेक्नोलोजीमा आधारित नयाँ नयाँ उत्पादन र प्रयोग समाजमा स्थापित गर्ने प्रयासमा जुटिरहेका छौँ ।'

'लकडाउनले जुराएको अर्को अवसर भनेको परिवारजनसँगको चिनजान हो । यो समयमा २४सै घण्टा घरपरिवारसँग रहँदा को कस्तो के भन्ने सबै बुझिँदो रहेछ । परिवारसँग घुलमिल हुन थप समय मिलेको छ । यसको अतिरिक्त लकडाउनले सिकाएको अर्को कुरा घर व्यवहार, घरायसी काम गर्न कति गाह्रो हुँदो रहेछ भन्ने कुरासमेत महसुस गर्न पाइएको छ ।'

'अरू त सबै ठीक तर लकडाउनले गर्दा बाहिर निस्कन नपाउँदा कहिलेकाहीँ औधी बोर फिल हुन्छ । तर अरू विकल्प पनि त हामीसँग छैन नि । यो समयमा घरमै बस्नु बुद्धिमानी हुन्छ । त्यसैले यस्तो भयभित समयमा डराएर होइन संयमित र सजग भएर सरकारले दिएको निर्देशन पालन गर्न सबैमा अनुरोध गर्न चाहन्छु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप