शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो केसको जोखिम कायमै, प्रयोग गरेका थिए सार्वजनिक यातायात

बुधबार, २६ चैत २०७६, ०९ : १२
बुधबार, २६ चैत २०७६

नेपालमा देखिएको कोरोनाको तेस्रो केस धादिङका युवकको हो । उनले भेटेका व्यक्तिहरूको पनि नेगेटिभ रिपोर्ट आएको छ । तर, उनले सार्वजनिक यातायात प्रयोग गरेकाले कन्टाक्ट ट्रेसिङ सकिएको छैन । उनले प्रयोग गरेको ट्याक्सी र बस नै अहिलेसम्म पत्ता लागेको छैन । उनी ६ चैतमा एयर अरेबियाबाट आएका थिए । विमानमा उनी बसेको सिटआसपासका यात्रु पत्ता लगाएर परीक्षणको काम भइरहेको छ । 

ती युवकले अरूलाई सारेको हुन सक्ने र जोखिम कायमै रहेको स्वास्थ्य सेवा विभागका अधिकारी बताउँछन् । लक्षण नदेखिए पनि संक्रमण हुन सक्ने भएकाले क्वारेन्टाइनमा दुई सातामा बसेर पनि थप एक साता घरमा अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको छ । नयाँ पत्रिकामा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप