जेलमुक्त भए रोनाल्डिन्हो
ब्राजिलका पूर्वस्टार रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् । पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई एक महिनाअघि पक्राउ गरी जेलमा राखिएको थियो ।
नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा पाराग्वेको रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायो नामक होटलबाट रोनाल्डिन्होसँगै उनका दाजु रोबर्टाे पनि पक्राउ परेका थिए ।
रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीको निमन्त्रणामा पाराग्वे पुगेका थिए । पक्राउपछि उनीहरुलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको थियो । तर, उनीहरु ३२ दिनपछि रिहा भएका हुन् । अदालतले मुद्दाको अन्तिम फैसला नभएसम्म उनीहरुलाई पाराग्वेकै होटलमा बस्न भनिएको छ ।
यसअघि अदालतले १.६ मिलियन अमेरिकी डलर तिरेर तारेखमा छुट्न सक्ने बताए पनि उक्त रकम तिर्न नसक्दा उनीहरु जेलमै बसेका थिए । रोनाल्डिन्हो पाराग्वेमा विभिन्न कार्यक्रममा भाग लिन पुगेका थिए । रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन ।
ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो । ४० बर्षीय रोनाल्डिन्होले सन् २०१५ मा फुटबलबाट सन्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण