चीनमा कोरोनाभाइरस संक्रमितको संख्यामा वृद्धि
बुधबार, २६ चैत २०७६, ०९ : ०८
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ६२ नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । यसबाहेक यस्ता १ सय ३७ व्यक्ति भेटिएको जसमा कुनै स्पष्ट लक्षण नदेखिएको जानकारी दिएको छ ।
यो अघिल्लो दिनको तुलनामा बढि हो । सोमबार कोरोनाभाइरस संक्रमितको संख्या ३२ मात्रै थियो र स्पष्ट लक्षण नदेखिएका व्यक्ति ३० मात्रै थिए ।
चीनमा मंगलबार कोरोनाभाइरसका कारण दुईजनाको मृत्यु भएको छ जबकी सोमबार पहिलो पटक कसैको पनि मृत्यु भएन । सांघाईमा एकजनाको मृत्यु भयो भने अर्को हुबेई प्रान्तमा भयो । ऊहान शहर हुबेई प्रान्तमा नै छ जहाँ पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला