शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेशमा रहेका नेपालीलाई तत्काल फर्काउन नसकिने

बुधबार, २६ चैत २०७६, ०८ : ५९
बुधबार, २६ चैत २०७६

काठमाडौं। सरकारले विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ ।

कोरोना भाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किन चाहिरहेको खबर बाहिर आएका सम्बन्धमा सरकारले यस्तो धारणा प्रकट गरेको हो ।

सरकारले विदेशमा रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन भनेको छ । परराष्ट्र मन्त्रालयले विदेशका कूटनीतिक नियोगमार्फत नेपालीलाई आफू बसेको ठाउँमै सुरक्षित रहन आग्रह गरेको जनाएको छ ।

‘कूटनीतिक नियोगमार्फत नेपालीहरूको अवस्थाबारे दैनिक विवरण लिने काम भइरहेको छ । नेपालीहरूलाई दूतावासको नजिक रहन भनिरहेका छौं।’ –मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने ।

कोरोनाको संक्रमणबाट बच्न आफू बसेको देशको नीति, नियम पालना गरी सुरक्षित उपाय अपनाउन कूटनीतिक नियोगले बारम्बार आग्रह गरिरहेको पनि उनले बताए । कोरोना भाइरस विश्वव्यापी महामारी रहेकाले ठूलो संख्यामा विदेशमा रहेका नेपालीहरूलाई तत्काल नेपाल फर्काएर क्वारेन्टाइनमा राख्न नसकिने पनि मन्त्रालयले जनाएको छ ।

कतिपय नेपालीहरू फर्किन चाहेको भए पनि कोरोना भाइरसको संक्रमण विश्वव्यापी रहेककाले नेपाल फर्किनु मात्र समस्याको समाधान नभएको भन्दै कूटनीतिक नियोगले नेपालीहरूलाई निरन्तर सहजीकरण गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।नेपाल समाचारपत्रमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप