शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरानाबाट बच्ने केही घरेलु तरिका

बुधबार, २६ चैत २०७६, ०५ : ३६
बुधबार, २६ चैत २०७६

नयाँ कोरोनाभाइरसले लगाउने रोग कोभिड–१९ को आंतक विश्वभरि व्याप्त छ । अहिले लाखभन्दा बढी संक्रमित भएका छन् भने को मृत्यु भइसकेको छ । संक्रमितमध्ये जति चाहिँ निको भएर घर फर्किसकेका पनि छन् ।

करिब तीन महिनाअघि अर्थात् गत वर्षको डिसेम्बरको अन्त्यतिर चीनको हुबेई प्रान्तको ऊहानबाट देखापरेको यो रोगको अहिलेसम्म कुनै उपचार पत्ता लागेको छैन । यतिखेर सारा विश्वजगत् यसको खोप र औषधि निर्माण एवं पत्ता लगाउने दौडमा छ । यतिखेर यो रोगको एउटै उपचार हो ः शरीरको रोग प्रतिरोधी क्षमता । अर्थात् जसको शरीरमा रोग प्रतिरोधी क्षमता बढी छ, उसलाई यो रोग लाग्ने सम्भावना कम छ, केही गरी लागिहालेमा पनि त्यस रोगले मारिहाल्दैन । केही दिनको लाक्षणिक उपचारहरु (त्यस भाइरसका कारण देखापर्ने समस्याहरुअनुसारको उपचार) तथा शरीरको रोग प्रतिरोधी क्षमताका कारण निको भइन्छ । तर जसको शरीरको रोगप्रतिरोधी क्षमता कमजोर छ, उसलाई यो भाइरसको संक्रमण छिटो हुने गर्छ र त्यस्ता मानिसहरुलाई संक्रमणले भेट्याएपछि स्थिति जटील बन्न पुग्छ र अन्ततः संक्रमित बिरामीको मृत्यु पनि हुन सक्छ ।

यस पृष्ठभूमिमा यो रोगबाट बच्ने अहिलेसम्मको सबैभन्दा उत्तम उपाय नै शरीरको रोग प्रतिरोधी क्षमता बढाउने नै हो ।

यतिखेर भारतको आयुर्वेद (आयुष) मन्त्रालयले कोभिड–१९ का विरुद्ध शरीरको रोग प्रतिरोधी क्षमता (इम्युन सिस्टम) बढाउनेबारे केही जानकारीहरु प्रकाशमा ल्याएको छ । ती जानकारीहरु निम्नानुसार छन् ः

शरीरको प्रतिरक्षा प्रणाली अभिबृद्धि गर्न

दिनभरिमा प्रशस्त मात्रामा तातोपानी पिउने

कम्तिमा योगासन, प्राणयाम र ध्यान गर्ने ।

खानेकुरामा बेसार, जीरा, धनिया र लसुनको प्रयोग गर्ने ।

शरीरको प्रतिरक्षा प्रणाली बढाउन

बिहानको समयमा १० ग्राम च्यवनप्राश खाने

तुल्सी, दालचिनी, कालो मरिच, अदुवा र कालो किसमिसको चिया÷काँढा बनाएर दिनको दुई पटक पिउने । त्यसमा सख्खर वा कागती हालेर स्वाद बढाउन सकिन्छ ।

दूधमा बेसार हालेर दिनको एक वा दुई पटक खाने

कोभिड–१९ बाट बच्न गर्न सकिने बचावटका उपायहरु

सामान्य अवस्थामा

बिहान बेलुकाको समयमा नाकमा तीलको तेल वा नरिवलको तेल वा घीउ केही थोपा हाल्ने

१ चम्चा तील वा नरिवलको तेल मुखमा हालेर २, ३ मिनेट सम्म कुल्ला गर्ने, घाँटीमा गारगल गर्ने । त्यसपछि त्यसलाई थुकेर तातोपानीले कुल्ला गर्ने । यो क्रिया दिनको १ वा दुई पटक गर्ने

घाँटी दुखेको वा सुख्खा खोकी लागेको बेलामा

पदिना वा ज्वानो हालेर तातोपानीको वाफ लिने ।

मह वा चीनीमा ल्वाङको धुलो हालेर दिनको २, ३ पटक सेवन गर्ने ।

केही दिनमा खोकी निको भएन भने चिकित्सकको सल्लाह लिने ।

अन्य उपायहरु

कानका लागि

घरको खुल्ला भागमा बस्ने र बाहिर प्रकृतिको आवाजको मज्जा लिने ।

आफूलाई मनपर्ने गीतसंगीतहरु सुन्ने ।

पानी झरेको, चराहरु कराएको आवाजहरु सुन्ने र त्यसबाट आनन्द लिने

प्रेरणादायी कुराहरुको रेकर्ड सुन्ने

आँखाका लागि

राम्रो, मनपर्ने किताबहरु पढ्ने ।

आफूलाई मनपर्ने फिल्महरु हेर्ने ।

कुनै चित्र वा फोटोमा हेरेर मनमा त्यसबारेका सकारात्मक कुराहरु सोच्ने ।

नाकका लागि

सुगन्ध दिने तेलहरु बाल्ने

धूप बाल्ने र त्यसको बास्नामा रमाउने

हातका लागि

हातका कसरतहरु गर्ने ।

निचोर्ने बलहरु खेलाउने

सांगीतिक बाद्यबाजाहरु बजाउने ।

मुखका लागि

आवाज निकालेर गाउने ।

लामो सास लिने र फर्ने ।

चकलेट खाने

इम्युन सिस्टम बलियो बनाउने केही खानेकुराहरु

फलफूल

क्याप्सिकम

ब्रोकाउली

दलहन, गेडागुडी

अदुवा, लसुन

बेसार, जीरा, धनिया, दालचिनी, ज्वानो लगायतका मसलाहरु

काजु, किसमिस, ओखर, पिस्ता लगायतका ड्राइफ्रुटहरु

Title photo: https://dailytimes.com.pk

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप