केन्द्रीय संस्करण

अमेरिकामा एकैदिन १४ सय जनाको मृत्यु, फ्रान्समा मर्नेको संख्या १० हजार नाघ्यो (कोरोना अपडेट)

person explore access_timeचैत २६, २०७६ chat_bubble_outline0
file photo

एजेन्सी । कोराना संक्रमणका कारण अमेरिकामा चौबिस घण्टामा १ हजार ४ सय जनाको मृत्यु भएको छ । मंगलबार बेलुका सम्मको तथ्यांक अनुसार अमेरिकामा १ हजार ४ सय ४ जानको मृत्यु भएको हो । त्यस्तै २४ घण्टामा त्यहाँ १९ हजार ५ ८३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

योसहित अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या जम्मा १२ हजार २ सय ७५ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ८६ हजार ५ सय ८७ पुगेको छ । त्यस्तै स्पेनमा पनि मंगलबार १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ भने ११ हजार ५९ जना नयाँ संक्रमित पुष्टि भएका छन् । योसहित फ्रान्समा मृत्यु हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । उता इटलीमा एकैदिन ६ सय ४ जनाको मृत्यु भएको छ भने ३ हजार ३९ नयाँ संक्रमित देखिएका छन् ।

योसहित इटालीमा मृत्यु हुनेको संख्या १७ हजार १ सय २७ पुगेको छ । त्यस्तै स्पेनमा एकैदिन ५ सय ५६ जनाको मृत्यु भएको छ । योसहित स्पेनमा मर्नेको संख्या १३ हजार ८ सय ९७ पुगेको छ । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट मर्नेको संख्या ८१ हजार ४९ पुगेको छ भने कूल संक्रमितको संख्या १४ लाख ११ हजार ३ सय ४८ पुगेको तथ्याँक संकलक साइट वल्ड्रोमिटरले जानकारी दिएको छ ।  
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.