शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्रीले नै लकडाउन उल्लङ्घन गरेपछि गयो ‘मन्त्री पद’

मङ्गलबार, २५ चैत २०७६, २३ : ३८
मङ्गलबार, २५ चैत २०७६

एजेन्सी । कोरोना महामारीका कारण लागू गरिएको लकडाउन उल्लङ्घन गरेको आरोपमा न्युजिल्यान्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कलाई बर्खास्त गरिएको छ । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डनले मंगलबार उक्त जानकारी दिएकी हुन् । प्रधानमन्त्री जसिन्डाले उनलाई अहिले पदमुक्त गरिएको जानकारी दिएकी छन् ।  स्वास्थ्यमन्त्री क्लार्कलाई राज्यले घोषणा गरेको लकडाउन उल्लङ्घन गरी आफ्नो परिवारसहित कारमा समुद्री तटमा घुम्न गएको आरोप लगाइएको छ ।

प्रधानमन्त्री जसिन्डाले यस्तो संवेदनशील समयमा मन्त्री क्लार्कको उक्त कदम निकै गलत भएको दाबी गर्दै मन्त्रीबाट बर्खास्त गरिएको प्रस्ट पारेकी छिन् । सहायक अर्थमन्त्रीको जिम्मेवारीमा समेत रहेका क्लार्कलाई उक्त पदबाट समेत बर्खास्त गरिएको प्रधानमन्त्रीले जानकारी दिइन् । यद्यपि, स्वास्थ्यमन्त्री क्लार्कले भने अपराध भएको भन्दै गल्ती स्वीकार गरेका छन् ।

५० लाखभन्दा बढी जनसंख्या भएको न्युजिल्यान्डमा मार्चको सुरुदेखि ४ हप्ताको लागि लकडाउन घोषणा गरिएको छ । त्यहाँ पछिल्लो समयमा १ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप