स्याकर ट्रेडिङ कम्पनीद्वारा सरकारलाई व्याकप्याक स्प्रे सहयोग
काठमााडौं । ज्योति समूहको स्याकर ट्रेडिङ कम्पनीले सरकारलाई १० थान व्याकप्याक स्प्रे सहयोग गरेको छ । विभिन्न ठाउँबाट हुन सक्ने संक्रमणबाट रोक्नका लागि व्याकप्याक स्प्रेको प्रयोग उपयोगि हुने भएकाले होण्डाको व्याकप्याक स्प्रे १० थान उपलब्ध गराएको ज्योति समूहका निर्देशक सौरभ ज्योतिले बताए । स्याकर ट्रेडिङका अध्यक्ष समेत रहनुभएका ज्योतिले व्याकप्याक भित्र सोडियम हाइपोक्लोराइड राखेर घर, कार्यालय, विद्यालय लगायत मानिसको आवतजावत हुने सबै ठाउँहरुलाई संक्रमण शुन्य बनाउन सकिने बताउनुभयो । उहाँले निजी क्षेत्र पनि सरकारसँगै छ भन्ने भावना सहित सहयोग गरेको बताए ।
स्प्रे गनको सहायताले किटनासक औषधि राखेर छर्कन समेत उपयोगि हुने उहाँले बताउनुभयो । स्याकर ट्रेडिङले यसअघि कोरोना भाइरसको विषयमा सचेतना फैलाउन नेपाल मेडिकल एसोसिएसनसँग मिलेर कोरोना हेल्पलाइन सेन्टरको सञ्चालन गरिरहेको छ । यो सेन्टरबाट कुनैपनि व्यक्तिले आफ्नो स्वास्थ्यको विषयमा जानकारी लिन सकिने छ । यस्तै कुनैपनि बिरामीलाई डाक्टरसँग जोडने र हेल्पलाइन मार्फत उपचार र स्वास्थ्य सम्बन्धी सल्लाह लिन सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?