प्रजातन्त्र पुनर्स्थापना दिवस दिनदुःखीलाई सहयोग गरि मनाऔं : जोशी
मङ्गलबार, २५ चैत २०७६, १८ : ५४
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीले दिनदुखी र दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।
चैत्र २६ अर्थात् २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएको दिन भएकाले लोकतान्त्रिक व्यवस्था मान्नेहरु सबैलेले लकडाउनका कारण दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
आह्वान पत्र मंगलबार सार्वजनिक गर्दै जोशीले प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमान्डर गणेशमान सिंहले परोपकार र निस्वार्थ सेवा नै राजनीतिकर्मीको धर्म हो भनेको कुरालाई स्मरण गर्दै सबैलाई दिनदुखीको सहयोग गर्न आव्हान गरेका छन् ।
जोशीले कोरना बिरुद्ध लड्न सामाजिक दूरी कायम गर्दै सरकार र विश्व स्वास्थ्य संगठनका आचारसंहिता पालना गर्न समेत आव्हान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण